यी टिप्स अपनाई मज्जाले हिउँ खेलौँ

पुस २३, काठमाडौँ । अहिले चिसो बढेसँगै अहिले देशको बिभिन्न स्थानमा हिउँ पर्नुकाे साथै हिउँ खेल्न जानेहरुको ओईरो लागेको छ । धेरै मानिस यस मौसममा हिउँ खेल्न रुचाउने हुन्छन् । हिउँ खेल्न जाँदा हिउँमा फोटो खिच्ने, भिडियो बनाउने, मानिसको कमी छैन ।   

यस मौसममा हिउँ खेल्न जाँदा धेरैै मानिसहरु बिरामी पनि पर्ने हुन्छन् । हिउँ खेल्न जाँदा केही सर्तकता अपनाउनु पर्ने हुन्छन । हिउँ खेल्दा आफूसँगै आफ्नो सामानकाे सुरक्षा कसरी गर्न सकिन्छ त्यसबारे केही टिप्स तल दिईएको छ । यी टिप्सको प्रहयोग गर्नुहोस् र मज्जाले हिउँ खेल्नुहोस् ।   

यसरी आफ्नो र सामानको सुरक्षा गर्नुहोस् ।   

Image result for हिउँ खेल्दै

– बाक्ला कपडा, जुत्ता, मोजा, छाता, मफलर र पञ्जा जस्ता सामाग्रीहरु बोक्न नबिर्सिनुस् । 

– चिसो नछिर्ने कपडा लगाउनुहोस् पसलमा हिउँ खेल्दा लगाउने ज्याकेटहरु पनि पाईन्छ । 

– हिउँ खेल्न जाने मानिसहरुले नचिप्लने जुत्ता लगाएर जानुहोस् । 

– हिउँ खेल्न आफ्ना साथीभाईसँगै मिलेर जानुहोस् । किनभने चिसोका कारण तपाईलाई केहि भइहाले पनि स्याहार गर्ने अर्को कोहि होस् । 

– हिउँ खेल्ने क्रममा कुनै अनैतिक, असामाजिक र बेपर्वाह किसीमले नखेलौँ । 

– आफ्नो साथमा खानेकुराहरु बोकेर जानुस् । जुन खानेकुराले तपाईको शरिर न्यानो पारोस् । 

– धेरै जाडो भयो भन्दैमा धेरै तातो खानेकुरा नखानुहोस् । 

– हिउँ खेल्दा आफ्नो साथीबीचमा मात्र खेलौँ ।  कोहीकसैलाई, अपरीचित मान्छेलाई वा जिस्कने वहानामा गरेको क्रियाकलापले ठूलो क्षति निम्त्याउन सकछ । 

– चिसोबाट बच्ने लोसनर क्रिमहरुको प्रयोग गर्नुहोस् । 

– एकैपटकमा धेरै हिउँ खेल्ने कार्य नगर्नुहोस् । 

– सकेसम्म पहिलोपल्ट अनुभवी मान्छेको साथमा जानुहोस् । 

– अत्याधिक चिसोका कारण तपाईको मोबाईलमा सम्पर्क नहुन सक्छ । परिवारसँग सम्पर्कमा रहने उपाय निकाल्नुहोस् । 

– हिउँ खेल्न जाँदा महँगा ज्वेलरी प्रयोग नगर्नुहोस् ।– आफ्नो डिभाईसहरु, मोबाईल, चार्जर, क्यामेराको पनि जतन गर्नुहोस् । 

–  चिसोमा खेलिसकेपछि अचानक तातोमा नबस्नुहोस् । केहि बिस्तारै तातो बनाउनु राम्रो हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *