बलिउड शाहरुख खानकी बहिनीको निधन

माघ १५, काठमाडौँ । भारतीय स्टार शाहरुख खानकी कजन बहिनी नूर जहां को निधन भएको छ । 

लामो समयदेखि क्यान्सबाट पिडित  नूरको  मंगलबार निधन भएको हो ।  पाकिस्तानको पेशावरमा बस्ने नूर शाहरुखको काकाकी छोरी हुन् । 

नूरका कान्छा भाइ मंसूरले जियो न्यूजसँग दिदीको निधन भएको  पुष्टि गरेका हुन् ।   

Image result for shahrukh khan with sister nur jahan

सन् २०१८ मा आम निर्वाचनमा नूरले चुनाव लड्ने घोषणा गरेपछि उनी चर्चामा आएकी थिइन् । पछि उनले आफ्नो नाम फिर्ता लिएकी थिइन् । यसबाहेक नूर जहांको कुनै जानकारी सार्वजनिक भएको छैन । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 10 =