नेपालमा अब इस्वी संवत लागु गरौं : डा. भट्टराई
२०७६ पुस १६ गते

पुष १६, काठमाडौं । संधै सामाजिक सञ्जालमार्फत चर्चामा आइरहने नेता हुन् डा. बाबुराम भट्टराई । उनले सामाजिक संजाल ट्वीटर मार्फत अंग्रेजी नयाँ वर्षको शुभकामना रोचक ढंगले दिएका छन् ।
समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा. भट्टराईले भने नयाँ वर्षको शुभकामना सहित नेपालमा अब इस्वी संवतलाई आधार मानेर प्रशासनिक आर्थिक क्यालेन्डर बनाउनुपर्ने मत जाहेर गरेका छन् ।
डा. भट्टराईले लेखेका छन्, ‘यसो गरे कसो होला नेपालमै जन्मेको ‘नेपाल सम्बत्’ तथा भारतीय उपमहाद्वीपमा प्रचलित ‘विक्रम सम्बत्’लाई सांस्कृतिक क्यालेण्डर र पश्चिममा जन्मेर अहिले विश्वभर छाएको ‘इस्वी सम्वत्’ लाई प्रशासनिकरआर्थिक क्यालेण्डर बनाऊँ ! नत्र समृद्धि,विदेशी लगानी,पर्यटनबर्ष इ।सम्धीका गफ मात्रै होलान् है !

२०७६ पुस १६ गते
प्रतिक्रिया
सम्बन्धित








