सिन्धुलीमा स्कार्पियो दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

फाइल फाेटाे 

माघ १७, काठमाडौं । शुक्रबार सिन्धुलीमा स्कार्पियो  दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।   

सप्तरीबाट काठमाडौंतर्फ जाँदै गरेको स १ च १००९ नम्बर उक्त स्कार्पियो सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ खनियाखर्कमा अनियन्त्रित भइ दुर्घटना हुन पुगेको हो ।   

Image result for स्कार्पियो दुर्घटना

दुर्घटनामा परी  मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका(६ का अन्दाजी ३३ वर्षीय सूर्यनारायण चौधरी रहेको प्रहरीले जनाएको छ ।   

दुर्घटनामा परि गम्भिर घाइते भएका सोही ठाउँ बस्ने ३० वर्षीय  स्कार्पियो चालक  महमद अफरोजलाई उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रवक्त नायव प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीका अनुसार स्कार्पियो सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको थियो ।   

घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + three =