अष्ट्रेलियामा डढेलो निभाउन प्रयोग गरिएको जहाज दुर्घटनाग्रस्त, तीनको मृत्यु

माघ ९,काठमाडौं । अष्ट्रेलियामा लागि रहेको डढेलो नियन्त्रणमा संलग्न एक विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।  उक्त विशाल हवाई ट्यान्कर बिहीबार स्थानीय समय अनुसार १३ः३० देखि हराइरहेको विमान दुर्घटनाग्रस्त अवस्थामा केहीबेर अघि फेला परेको थियो ।   

नर्थ साउथ वेल्सका प्रमुख ग्लाडीस बेरेजिक्लियनले जहाज हिउयुक्त पहाडमा ठोक्किएको जानकारी दिए ।   

नर्थ साउथ वेल्सको ग्रामिण अग्नि नियन्त्रण सेवाले उक्त पानी बोकेको जहाज डढेलो प्रभावित क्षेत्रमा पठाइएको बताइएको छ ।   

कमिस्नर शेन फिट्जसिमान्सका अनुसार जहाज के कारणले पहाडमा ठोक्किन पुगेको स्पष्ट नभइसकेको बताएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *