प्रस्तावित सूचना प्रविधि विधयेकविरुद्ध माइतीघरमा प्रदर्शन

२०७६ पुस २४ गते

पुष २४, काठमाडौँ । नेपाल विद्यार्थी संघले सूचना प्रविधि विधेयकको विरोधमा काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
प्रस्तावित सूचना प्रविधि विधेयक संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथककीकरणको सिद्धान्त र समग्रमा लोकतन्त्रको मर्म प्रतिकूल रहेको भन्दै उनीहरुले गरेका हुन् ।
विधेयकले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेर दण्डित गर्ने व्यवस्था गरेको भन्दै विरोध भएको जनाइएको छ। विधेयकमार्फत सरकारले समाजिक सञ्जालसहितमा पनि अंकुश लगाउन खोजेको भन्दै विभिन्न क्षेत्रबाट विरोध भइरहेको छ ।

२०७६ पुस २४ गते
प्रतिक्रिया
सम्बन्धित