स्पेनिस ला लिगा: मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित

मंसिर २२, काठमाडौं । स्पेनिस ला लिगामा लियोनेल मेसीले ह्याट्रिक गरेका छन् । मेसीको ह्याट्रिकमा बार्सिलोनाले रियल माल्लार्को विरुद्ध सहज जित निकालेको छ । 

गएराति भएको खेलमा मेस्सीको ह्याट्रिक प्रेरित बारसिलोनाले मालोर्कालाई ५–२ ले पराजित गरेको हो । ला लिगामा सर्वाधिक ह्याट्रिक गर्नेमा मेस्सीले रोनाल्डोलाई पछि पारेका छन् । रोनाल्डोको ३४ ह्याट्रिक रहेको छ । 

घरेलु मैदान नोउ कयाम्पमा खेलअघि मेस्सीले केही दिनअघि मात्र जितेको छैटौं बालोन डे ओर अवार्ड देखाएका थिए । त्यसपछि उनले ह्याट्रिक नै गरिदिए । 

null

जितपछि बार्सिलोना १५ खेलबाट ३४ अंक जोड्दै शीर्ष स्थानमा फर्किएको छ । समान खेलबाट ३४ अंक नै भए पनि रियल मड्रिड गोलअन्तरमा पछि रहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *