सहरी सौन्दर्यमाथि असर पर्ने गतिविधि गर्ने १४ जनालाई कारबाही
२०७६ पुस १४ गते

पुस १४, काठमाडौं। पोस्टर टाँस्ने, भित्तेलेखनलगायतका गतिविधि गर्ने १४ जना कारबाहीमा परेका छन् ।
सहरी सौन्दर्यमाथि असर पर्ने गतिविधि गरेको पाइएपछि उनीहरूलाई कारबाही गरी ७० हजार जरिमाना तिराइएको काठमाडौं महानगरपालिकाले जानाएको छ ।
होर्डिङ बोर्ड हटाउने अभियानका क्रममा महानगरले आइतबार पुतलीसडक, सोह्रखुट्टे र त्रिपुरेश्वरका तीन ठूला होर्डिङ बोर्ड हटाइएको थियो ।-सांकेतिक फाेटाे

२०७६ पुस १४ गते
प्रतिक्रिया
सम्बन्धित








