धेरै बेर स्मार्टफोन चलाउँदा यस्ता राेगका शिकार हुने

मंसिर २० । अहिलेको युगमा मानिसको दैनिक जीवनको सबैभन्दा आवश्यक अंग बनेको छ स्मार्टफोन अर्थात् मोबाइल । मोबाइल फोनले घडी, क्यामरा, रेडियो तथा टिभीलगायतका कामहरू गर्ने हुँदा मोबाइल बिना एकछिन पनि बस्न नसक्ने समेत भइसकेका छौँ । 

सोही कारण हामी अधिकांश कामहरूको लागि स्मार्टफोनमा निर्भर छौं । स्मार्टफोनका थुप्रै फाइदा छन् । तर, स्मार्टफोन स्वास्थ्यका लागि घातक भएको एउटा अध्ययनले निष्कर्ष निकालेको छ । स्मार्टफोनको धेरै प्रयोगले युवाहरू उमेर नहुँदै वृद्ध देखिने खतरा निम्तिएको अमेरिकाको अनुसन्धानकर्ता लियोनिड म्याकोटिकले गरेको ‘द इम्प्याक्ट अफ स्मार्टफोन एण्ड मोबाइल डिभाइसेस अन ह्यूमन हेल्थ एण्ड लाइफ’ अध्ययनमा उल्लेख गरिएको छ । 

अनावश्यक रूपमा धेरै स्मार्टफोन चलाउने २१० जना व्यक्तिहरूमा म्याकोटिकले ‘आई ट्रयाक’को माध्यमबाट उनीहरूको हाउभाउ, हिँडडुल, काम, व्यवहार आदीको अध्ययन गरेका थिए । उक्त अध्ययनबाट दैनिक आवश्यकभन्दा ५ घण्टा धेरै स्मार्टफोनमा बिताउने व्यक्तिमा शारीरिक रोग गर्धन दुख्ने, कम्मर दुख्ने, हड्डी दुख्ने, आँखा दुख्ने जस्ता समस्याहरू निम्तिने गरेको पाइएको छ । 

Image result for स्मार्टफोन चलाउँदा

उक्त अध्ययनअनुसार ७६ प्रतिशत मानिस हिँड्दा, गाडीमा वा घरमा काम नभएको बेलामा स्मार्टफोनको प्रयोग गरिरहेका हुन्छन् । मानिसहरूले अधिकांश समय फोनमा कुराकानी गर्न, म्यासेज पढ्न, सामाजिक सञ्जाल चलाउन, गीत सुन्न र गुगल म्यापको प्रयोग गर्न हुने हुन्छ । स्मार्टफोनमा भएको ‘रेडियसन’ले छालामा असर गर्ने भएको कारणले दैनिक १० घण्टा स्मार्टफोनको प्रयोग गर्ने व्यक्तिहरूको छालामा ३ देखि ५ वर्षको फरक पर्ने हुँदा ५५ वर्षे वयस्कको अवस्था केही समयपछि ८० वर्षका वृद्धको जस्तै हुन जान्छ । 

अध्ययनले स्मार्टफोनका कारण व्यक्तिको वैवाहिक सम्बन्धमा समेत दरार ल्याउन सक्ने देखाएको छ । पार्टनरसँग भन्दा बढी समय स्मार्टफोनसँग बिताउने गरेको कारण सम्बन्ध विच्छेद भएको घटना थुप्रै रहेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *