सिंगिया खोलाको सरसफाई अभियान सुरु

मंसिर २१ विराटनगर । सिंगिया खोलाको सरसफाई अभियान हामी सबैको सान भन्ने मुल नाराको साथ सिंगिया खोलाको सरसफाई अभियान सुरु भएको छ  ।   

प्रदेश १ सामाजिक विकास मन्त्रालयको नेतृत्वमा सिंगिया खोलाको अस्तित्वको जगेर्णा गर्नुका साथै संरक्षण गर्नका निमित्त शनिबार विराटनगरको घिनाघाटबाट सिंगिया खोलाको  सरफाई अभियान सुरु भएको हो  । 

सरसफाई अभियान कार्यक्रममा सामाजिक विकास मन्त्रि जीवन घिमिरे र विराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुले सिंगिया खोलाको पूजा गरेर सरसफाई अभियानको आरम्भ गरेका थिए ।   

मन्त्री घिमिरेले आगामी दिनमा पनि  यस कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता गर्नुको साथै आगमी पौष ५ गते पनि यस्तो  कार्यक्रमको आयोजना हुने बताए ।   

नगर प्रमुख पराजुलीले सरसफाई महाअभियान रहेकोले यसमा आफुले आफुलाई   जागृत, जागरण गराउने सचेतना मूलक कार्यक्रम रेहेको बताए ।  उनले सरसफाई अभियानलाई दिर्घकालिन योजनाका साथ शुरु भएको बताए ।   

यस कार्यक्रममा प्रदेश सरकार, महानगरपालिका, कटहरी गाँउपालिका, ग्रामथान गाँउपालिका, बुढीगंगा गाँउपालिका जहदा गाँउपालिका लगायत पाँच वटा स्थानिय तरह, प्रदेश सरकार, सेना प्रहरी तथा संघ संस्थाको उपस्थिती रहनुको साथै स्थानियवासीले पनि सहभागी जनाएका थिए ।  

  

   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *