शेयर संसारले सार्वजनिक ग¥यो शेयर खेलाडी सफ्टवेयर

पुस ०३, काठमाडौं । शेयर संसार डटकमले शेयर खेलाडी सफ्टवेयर सार्वजनिक गरेको छ ।   

विगत ९ वर्षदेखि नेपाली शेयरबजार सम्बन्धी तथ्यपरक समाचार प्रकाशित गर्दै आएको तथा पोटर््फोलिया सफ्टवेयर,  शेयर तालिम र एसएस प्रो सफ्टवेयर पनि सञ्चालन गर्दै आएको शेयर संसार डटकमले शेयर खेलाडी सफ्टवेयर सार्वजनिक गरेका हो ।   

अघिल्लो उत्पादन एसएस प्रोको उल्लेखनीय सफलता पछि, शेयर संसार डट कमले शेयर बजारमा एक वेब आधारित सफ्टवेयर शेयर खेलाडीेलाई शेयर बजारको खेल मैदानमा प्रवेश गर्ने निर्णय गरेको छ ।   

null

यस वेब आधारित गेमिंग प्रणालीको प्रयोगले नेपाल स्टक एक्स्चेन्ज (NEPSE) बाट लगानीकर्ताहरुलाई वास्तविक समय सापेक्ष कारोबारको डाटा प्रदान गर्दछ । लगानीकर्ताहरुले शेयरखेलाडीको मार्फत भर्चुअल पैसाको साथ शेयर कारोबारको अभ्यास गर्न सक्दछन् । यस सफ्टवेयरमा विभिन्न इभेन्ट संचालन गर्न सकिन्छ साथै तेस्रो पक्षले पनि यसमा विभिन्न इभेन्ट आयोजना गर्न सक्छन् । 

कार्यक्रमहरुमा भाग लिन इच्छुक लगानीकर्ताहरुले शेयर संसार डटकममा प्रवेश गरी, खाता सिर्जना गर्ने र sharekheladi.sharesansar.com  मा लगइन गर्नु पर्दछ । यस शेयर खेलादीमा लगानीकर्ताले सूचीकृत विभिन्न इभेन्ट्सहरुमा सहभागी हुन सक्छन साथै आउँदो इभेन्ट्सहरुको सूचना अग्रिम रुपमा पाउन सक्दछन् । प्रारम्भमा रु १० लाख रुपैयाँ लगानीकर्तालाई उपलब्ध हुनेछ ।   

लगानीकर्ताहरुले नेपाल स्टक एक्स्चेन्ज (NEPSE) मा कारोबार गरेको जस्तै गरी आदेश प्रविष्ट गर्न सक्नेछन् । खेलाडीहरुले (NEPSE) तथा सूचीकृत कम्पनीहरुको चार्ट विश्लेषण गर्न सक्छन् । उनीहरुको लगानी ईतिहास र लगानी सारांश विश्लेषण गर्न सकिन्छ । ड्यासबोर्डमा प्रत्येक इभेन्टको शीर्ष लगानीकर्ता पनि देखिनेछ । 

शेयर संसारका प्रबन्ध निर्देशक, सन्दिप बिक्रम राणा भने “एसएस प्रोको सुरुवात पछि हामीले नेपाली शेयर बजारमा विधार्थी तथा नँया लगानीकर्ताहरुको लागि सफ्टवेयर ल्याउने निर्णय गर्यौँ । शेयर खेलाडी कुनै पनि विधार्थी तथा नँया लगानीकर्ताहरुको लागि डिजाइन गरिएको एक उत्तम सफ्टवेयर  हो जसले शून्य जोखिममा नेपाली शेयर बजारको प्रत्क्ष्य अनुभव लिन सकिन्छ ।”   

उनले अझै थपे “एसएस प्रो र शेयर खेलाडीको संयुक्त प्रयोगले अनुभवी र शुरुआती लगानीकर्ताहरुको लगानी निर्णय गर्ने क्षमता बढाउनेछ । एसएस प्रोले लगानीकर्तालाई उनीहरुको लगानी विश्लेषणमा मार्गदर्शन गर्दछन् जबकि शेयरखेलाडीले उनीहरुको लगानीका निर्णयहरु प्रतिबिम्बित गर्दछन् ।”   

शेयर संसारले विभिन्न कम्पनीहरु त्था शिक्षण संस्थाहरुलाई शेयर खेलाडीमा उनीहरुको स्वतन्त्र स्टक मार्केट गेमिंग इभेन्ट्स कार्यक्रमहरु संचालन गर्न आमन्त्रित गर्दछ ताकि उनीहरुका कर्मचारी र विद्यार्थीहरुको लगानीको निर्णय बढाउन सकियोस । त्यस्त,ै शेयर संसारले आफ्ना शुभचिन्तकहरु र अवलोकनकर्ताहरुलाई वेब आधारित शेयर बजार गेमिंग सफ्टवेयरका अनुभव लिन आग्रह गर्दछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =