निलहरी काफ्लेले मात्रै १६ अर्बको सम्पत्ति हडप्न खोजे, सभामुखमा नेम्वाङ, प्रहरीको २४ घण्टा निगरानीमा सात तले, यतिलाई सुविधै सुविधा

पुस ११, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाले विविध विषयलाई प्राथमिकता दिएका छन् । कान्तिपुर दैनिक, नागरिक, अन्नपूर्ण पोस्ट, नेपाल समाचार पत्र, नयाँ पत्रिका, राजधानी दैनिकले फरकफरक विषयलाई प्रथम पृष्ठमा प्रकाशित गरेका छन् ।
आज प्रकाशित जनकराज सापकोटाले एसिड आक्रमणबाट पिडित मुस्कान खातुनको कभर स्टोरी बनाएको छ । एसिड आक्रमणपछि मुस्कान खातुन र उनको परिवारले भोग्नु परेको पिडालाई स्टोरी बनाइएको छ । साथमा कान्तिपुरले प्रतिनिधिसभामा रिक्त रहेको सभामुख कसलाई बनाउने विषयमा कुनै निर्णय गर्न नसकेको विषयलाई प्राथमिकता दिएको छ । कान्तिपुरको प्रथम पृष्ठमा अर्को समाचार छ । नेपालमा चिनियाँ नागरिकहरुले कसरी आफ्नो जालो फैलाउँदैछन् भन्ने । राजधानीकै एक साततले भवनमा बसेर रातीराती सक्रिय हुने १२२ चिनियाँ नागरिकको अनुसन्धान गन प्रहरी सक्रिय छ । उक्त घरलाई २४ सै घण्टा निगरानीमा राखिएको छ ।
नागरिक दैनिकले गोकर्ण रिसोर्टको विवादलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । सरकारले सम्झौता अवधि अझै २ वर्ष बाँकी छँदै यति होल्डिङ कम्पनीलाई पुनः रिसोर्ट सञ्चालनको नयाँ सम्झौता गर्न लागेको हो । कौडीको भाउमा सम्झौता गर्न लागिएको अवस्थामा रिसोर्ट भित्र थप संरचना बनाउन थप सुविधा समेत दिने तयारी गरिएको छ ।

नागरिकले कांग्रेस भित्रको असन्तुष्ठिको समाचारलाई प्राथमिकताकासाथ प्रकाशित गरेको छ । खासगरी पार्टी सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष विच दुरी बढेको छ । संस्थापन पक्ष अब असन्तुष्ट पक्षलाई कुर्ने पक्षमा छैन ।
नेपाल समाचारपत्रले राजधानीमा बढेको हुस्सु र कुहिरोको विषयलाई स्थान दिएको छ । समाचारपत्रका अनुसार राजधानीमा पुसको दोस्रो साता बढेको हुस्सु र कुहिरोले विमानस्थल प्रभावित भएको छ । एकै दिन ४० भन्दा बढि उडान प्रभावित भएका छन् । समाचारपत्रले ६ वटा विश्वविद्यालय उपकुलपति विहिन भएको विषयपनि उठाएको छ ।
यता राजधानी दैनिकले भने प्रतिनिधिसभाको सभामुखमा नेकपाका सुभासचन्द्र नेङवाङकै संभावना बढेको बताएको छ । यस्तै अबैध सम्पत्ति थुपार्ने विरुद्ध सरकार आक्रमक भएको छ । समाचारपत्रका अनुसार सरकार सम्पत्ति सुद्धिकरण र आतंकवाद नियन्त्रणमा कठोर बन्ने रणनीति अपनाउँदै गएको छ ।
पत्रिकाले भने स्थित विराटनगर जुट मिललाई कसरी कोल्याप्स भयाे भन्ने कभर स्टाेरी बनाएकाे छ ।
विराटनगर जुटमिल जाँचबुझ आयोगको सिफारिसः मिलको सेयरमा गैरकानुनी रूपमा सरकारलाई अल्पमतमा पारेर जग्गासहित १६ अर्बको सम्पत्ति हडप्न खोज्ने सञ्चालक नीलहरि काफ्लेलाई दुई वर्ष कैद र वसन्त वनलाई जरिवाना, काफ्लेलाई तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले जुटमिलको अध्यक्ष बनाएका थिए भने वर्तमान अध्यक्ष वन प्रधानमन्त्रीलाई सल्लाह दिने आइटी समितिका सदस्य हुन, असोजमा आएको प्रतिवेदनमा सरकार अहिलेसम्म मौन रहेको बताएको छ ।
मिलको सेयरमा सरकारलाई अल्पमतमा पारेर जग्गासहित १६ अर्बको सम्पत्ति हडप्न खोज्ने प्रबन्ध सञ्चालक नीलहरि काफ्लेलाई दुई वर्ष कैद र अध्यक्ष वसन्त वनलाई जरिवाना गर्न आयोगले सिफारिस गरेको छ । जुटमिलका अध्यक्ष वन प्रधानमन्त्रीलाई सल्लाह दिने आइटी समितिका सदस्य हुन । गत असोजमा आएको प्रतिवेदन अहिलेसम्म गोप्य छ ।
सरकारी मुखपत्र गोरखापत्रले भने गोकर्णको जग्गा लिज प्रकरणमा रक्षामन्त्री इश्वर पोखरेलले दिएको अभिब्यक्तिलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।
हेर्नुहोस आजका पत्रपत्रिकाका प्रथम पृष्ठ








