कोहलपुरमा अनिश्चितकालिन कर्फ्यू

मंसिर २२ काठमाडौँ । बाँकेको कोहलपुरमा तनाप उत्पन्न भएपछि प्रशासनले कर्फ्यू लगाएको छ । ट्रकले स्कुले बालिकालाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि कोहलपुर तनाबग्रस्त बनेको थियो । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले स्थिति नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको बताएका छन् । 

कोहलपुर केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ बपिपरीचोक, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी कर्फ्यू लगाइएको उनले बताए ।   

ट्रकको ठक्करले विद्यार्थीलाई घाइते बनाएपछि आन्दोलनले उग्ररुप लिएको थियो । भीडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएपछि केही घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगा र प्रहरीको गोली लागेर दुवैतर्फका २४ जना घाइते भएका छन् । 

null

आइतबार बिहान ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिँदा कोहलपुरकी १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । 

आक्रोशित विद्यार्थीले ठक्कर दिने ट्रक जलाएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =