प्रजातन्त्रको रक्षाका लागि ट्रम्ममाथि महाअभियोग लगाउनु बाहेक अर्को विकल्प छैनः सभामुख न्यान्सी

मंसिर २०, काठमाडौं । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसिले प्रजातन्त्रको रक्षाका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउनु बाहेक अर्को विकल्प नरहेको बताएकी छन् । 

उनले ट्रम्पमाथि शक्तिको दुरुपयोग अभियोगमा लगाउने बाटो खुलेको बताएकी हुन् । तल्लो सदनमा चाँडै नै राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुने उनले बताएकी छन् । 

महाअभियोगका लागि राष्ट्रपति ट्रम्पले नै आफूहरुलाई बाध्य पारेको उनले उल्लेख गरेकी छन् । राष्ट्रपति ट्रम्पले भने डेमोक्र्याटहरु पागल भएको बताएका छन् । उनले आफूमाथि महाअभियोग लगाउने भए तीव्र गतिमा प्रक्रिया सुरु गर्न पनि सुझाव दिएका छन् । 

null

स्थानीय समय अनुसार बिहीबार बिहान सभामुख पेलोसीले पत्रकार सम्मेलनमा अहिलेसम्म जुटेका प्रमाणहरु अकाट्य रहेको बताएकी हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *