मौसमः पहाडी भू-भागमा बदली, बर्षा र हिमपात हुने


पुस १४, काठमाडौं । देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
हाल तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १४ गते (सोमबार)
दिउँसो: देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष १५ गते (मंगलबार)
दिउँसो: देशभर आंशिक बदली रहने देखीन्छ।
राती: देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।
पौष १६ गते (बुधबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी र पुर्वि पहाडी भू-भागमा हल्का बर्षाको संभाबना रहेको छ। उच्च पहाडि र हिमालि भू-भागमा हल्का देखि मध्यम खालको हिमपात पानि हुने संभाबना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का बर्षाको संभाबना रहेको छ। उच्च पहाडि र हिमालि भू-भागमा हल्का देखि मध्यम खालको हिमपात पानि हुने संभाबना रहेको छ।
