‘राष्ट्रिय स्वयंसेवक सङ्घका लागि १३० करोड जनता हिन्दू समाज हुन्’

पुस १०, भारत । आरएसएसका प्रमुख मोहन भागवतले तेलङ्गानामा आयोजित विजय सङ्कल्प शिविरलाई सम्बोधन गर्दै जनताको संस्कृति र धर्म जे भए पनि राष्ट्रिय स्वयंसेवक सङ्घले देशका १ सय ३० करोड जनतालाई हिन्दू मानेको बताएका छन् ।   

शिविरलाई सम्बोधन गर्दै भागवतले भने ‘भारत माताका सबै सन्तान, चाहे उनीहरुले कुनै पनि भाषा बोलुन्, जुनसुकै क्षेत्रका हुन्, कुनै पनि स्वरुपमा पूजा गर्छन् या पूजामा विश्वास गर्दैनन्, हिन्दू हुन् । यस सम्बन्धमा सङ्घका लागि सबै १३० करोड जनता हिन्दू समाज हुन् ।’ 

उनले सबै समाज आफ्नो भएको बताउँदै सङ्घले एकजुट समाज निर्माण गर्न चाहेको बताए । जो राष्ट्रवादी छन्, जो भारतीय संस्कृतिलाई सम्मान गर्छन्, उनीहरु सबै हिन्दू रहेको उनको भनाइ छ ।   

null

उनले भने, ‘जब सङ्घले हिन्दू भन्छ, त्यसमा सबै सामेल हुन्छन् जो भारतलाई उनको मातृभूमि मान्छन् । जो मानिस देशको पानी, जमीन, पशु र जङ्गलसँग माया गर्छन् र जो देशको महान् संस्कृति र परम्परालाई जिउँछन्, उनीहरु सबै हिन्दू हुन् ।’-एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 5 =