बल्खुमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

पुस ११, काठमाडौं । काठमाडौंको बल्खुमा स्कुटरलाई बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।   

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित सडकखण्डमा मा बा५ख ६८१७ नम्बरको बसले बा६५प १०३२ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।   

मृत्यु हुनेमा स्कुटरमा सवार ईलाम कोल्पुङ–७ घर भएकी २४ वर्षीया दिवाना तामाङ रहेकी छिन् । उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।   

दुर्घटनाको लागि तस्बिर परिणाम

दुर्घटनामा घाइते हुनेमा स्कुटर चालक खोटाङ टेम्बाका ३४ वर्षीय धनीराम राई रहेका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ ।   

बस चालकलाई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *