नेकपा नेतृत्वको सरकार निषेधको राजनीतिमा लागेको छ: कांग्रेस सहमहामन्त्री महत

पुस ४, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले निषेधको राजनीति गरेर जनतालाई नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले दुःख दिएको आरोप लगाएका छन्।   

महतले सरकारले जनतालाई विचारको आधारमा सताउने गरेको भन्दै यस्तो कार्यले लोकतन्त्रलाई आलोचित बनाउने भन्दै सरकारलाई सच्चिन आग्रह गरे। कांग्रेसका सहमहामन्त्री महतले लोकतान्त्रिक विचार संसारको उत्कृष्ट विचारको रुपमा प्रमानित भइसकेको बताएका छन् ।   

आज काठमाडौंको टोखामा नेपाली काँग्रेस काठमाडौं जिल्ला क्षेत्र नं. ६ का उपसभापति तथा क्षेत्र नं. ६ प्रदेश सभा (ख) का सभापति स्व. माधवकुमार अधिकारिको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सहमहामन्त्री महतले नेपालमा लोकतान्त्रिक विचारको रक्षा गर्न सबै लाग्नुपर्ने बेला आएको पनि पनि बताए ।   

नेपालमा लोकतान्त्रिक पद्धतिलाई संस्थागत रुपमा स्थापित गरे मात्रै माधव अधिकारीप्रति सच्चा रुपमा श्रद्धाञ्जली हुने उनको भनाइ छ ।   

कांग्रेस सहमहामन्त्री महतले सरकार लोकतन्त्रलाई समाप्त पार्न अग्रसर भएको भन्दै सरकारलाई लोकतान्त्रिक पद्धतिविरुद्ध गए त्यो भारी हुने पनि चेतावनी दिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 6 =