गोरो व्यक्तिमा क्यान्सरको सम्भावना

मंसिर २९ । छाला सबैभन्दा सिजलै देिखने अंग भएकोले हामीलाई छालामा भएका कुनै पनि असामान्यतालाई सजिलैसंग पत्ता लगाउन सकिन्छ । छालामा क्यान्सरको जोखिम हुनुको मुख्य कारण वंशाणुगत गुण हो । 

वंशमा वा परिवारका सदस्यहरूमा छालाको संक्रमण छ भने अन्य सदस्यहरूमा पनि हुन सक्ने सम्भावना धेरै हुने गर्छ । शरीरमा भएका दाग, कोठी लथा अन्य धब्बाहरूले पनि छालाको क्यान्सरलाई संकेत गर्दछ । शरीरमा कोठी हुनु अस्वभाविक होइन । तर, जब कोठीको आकार तथा रंगमा परिवर्तन हुन थाल्छ, चिलाउने समस्या हुन थाल्छ तब क्यान्सर हुने सम्भावना हुने हुँदा तत्काल चिकित्सकसँग परामर्श लिनु राम्रो हुन्छ । 

त्यस्तै, छालामा आफैँ देखा पर्न थालेको दाग करिब ४ हप्तासम्म पनि रहिरहे यसले पनि क्यान्सरको संकेत गर्छ । सबै धब्बाले क्यान्सर नै हुने भने होइन् । तर, चार हप्तासम्म पनि उक्त धब्बा रहने र उक्त धब्बा चिलाउने र रगत आउने गरे त्यसलाई क्यान्सरको लक्षण मान्न सकिन्छ । 

Image result for beautiful girl

जन्मजात रहेका बर्थमार्क्समा हुने परिवर्तनले पनि क्यान्सरको संकेत गर्छ । गोरो वर्ण भएका मानिसलाई पनि छालाको क्यान्सर हुने जोखिम बढी हुन्छ । एकपटक छालामा संक्रमण भएको छ भने फेरि हुने सम्भावना बढी रहन्छ । सूर्यको विकिरण, धूम्रपान, मध्यपान, एचआभी संक्रमित व्यक्ति, आर्सेनिक र कोलटार जस्ता केमिकलको प्रयोगले पनि छालमा कयान्सर हुने सम्भावना बढी हुन्छ । 

छालाको क्यान्सर हुन सक्ने डर रहेता पनि यसबाट् हुने मृत्युदर भने त्यसअनुसार उच्च हुँदैन । छालाको क्यान्सरलाई प्रारम्भमै उपचार गर्न सकिने हुँदा छालामा कुनै असामान्य परिवर्तन देख्ने बित्तिकै डाक्टरकोमा जानुपर्छ । छिटो पत्ता लगाएमा उपचार सफल हुने सम्भावनाको वृद्धि गर्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *