अस्ट्रेलियाबारे थाहा पाउनुस् केही अनौठा कुराहरू

मंसिर ३०, अष्ट्रेलिया । आजभोली हरेक जो कोही को सपना भनेको अष्ट्रेलिया हुने गरेको पाइन्छ । नेपाल बाट पनी कक्षा १२ सम्मको पढाइ पढी सकेपछी कैयौ नेपाली विद्यार्थीहरू विदेश पढ्नको लागी जाने गरेको पाइन्छ ।  

पढाइको कारणले होस् वा ब्यपारका दृष्टीकोणले अस्ट्रेलिया जानेको लर्को लागेको छ । हामीहरूले नसुनेका अस्ट्रेलियाबारे केही यस्ता अजबगजबमन कुराहरू रहेछन् जुन कुरा कमैलाइ थहन रहेको छ । अस्ट्रेलियाको कोर्ट अफ आर्ममा दुइ स्थानिय जनाबरहको चित्र अंकित छ । 

एक इमु र अर्को कंगारु । दुवै अगाडि मात्र बढ्न सक्छन् जसलाई अष्ट्रेलियाको समृद्धीको प्रतिक समेत मानिन्छ । त्यसले अष्ट्रेलिया संधै अगाडि बढ्ने जनाउँछ । अष्ट्रेलियन प्रिमियर बियर ब्रान्ड फोस्टर बाहिर देशमा जति चर्चित छ अष्ट्रेलियामा खासै मानिसहरुले पिउदैँनन् । अष्ट्रेलियाको केही ठाउँमा त यो बियर पाइदा पनि पाइदैन । तर, यो बियर युके लगायत अन्य देशहरुमा धेरै नै लोकप्रिय छ ।  

Image result for अस्ट्रेलिया

जब तपाइले अष्ट्रेलिया र अमेरिकाको जमिनको तुलना गर्नुहुन्छ भने अष्ट्रेलिया अमेरिकाभन्दा अलिकतिमात्रै सानो छ । यसलाई अमेरिकाको ४८ स्टेटसँग तुलना गरेर हेर्ने हो भने सानो क्षेत्रफलले मात्रै अमेरिका ठूलो देखिन्छ । 

धेरै मानिसहरले अष्ट्रेलियालाई एक सानो देशको रुपमा लिन्छन् । तर, यो धेरै ठूलो देश हो । तुलनात्मक रुपमा जनसंख्या हेर्ने हो भने सानो देखिन्छ । यहाँको जनसङ्ख्या चाँहि जम्मा २३ दशमलब १३ मिलियन छ । ग्रिस बाहिर सबैभन्दा ठूलो ग्रिक जनसङ्ख्या अष्ट्रेलियाको मेलबर्न र भिक्टोरियामा छ । 

शहरको ग्रिक एरिया स्वान्सटन र रसेल सडकको बिचलन्स्लेड स्ट्रिटको साथमा केन्द्रित छ । ला ट्रोब र विलियम स्ट्रिटको कुनामा हेलेनिक फाउन्डेसनकासाथै हेलेनिक संग्रहालय पनि छ । अष्ट्रेलियामा कंगारुको मासु धेरैले खान्छन । 

यो अष्ट्रेलियाको मासुपसलहरु, सुपरमार्केटहरु र रेष्टुरेन्टको मेनुमा सर्वत्र पाइन्छ । कंगारुको मासु रातो र कम चिल्लो हुने भएकोले यो बिफ र भेडाभन्दा स्वस्थकर मानिन्छ । अष्ट्रेलियामा करिब २०० भाषाहरु बोलिन्छन जसमध्ये ४५ वटा विभिन्न आदिवासीका भाषाहरु छन् । सबैभन्दा धेरै बोलिनेमा भाषामा इटालियन, ग्रिक, कयान्टोनिज, अरेबिक, भियतनामिज र मान्डारिन हुन् । आदिवासी अष्ट्रेलियन आदिवासीहरु र टोरेस स्टेर आयल्यान्डर्सहरुको जनसङ्ख्या करिब ३ प्रतिशतमात्रै छ । आदिवासी भाषा नक्साले अष्ट्रेलियाको अफिसियल राज्यहरुभन्दा धेरै नै फरक दृश्य देखाँउछ । 

महिलालाई भोटिङ राइट दिने अष्ट्रेलिया संसारकै दोस्रो देश हो जसले सन् १९०२ मै महिलालाई भोटिङ राइट दिएको थियो । यो उपलब्धिलाई ‘वुमन सफ्रेज मुभमेन्ट’ रहेको चिनिन्छ । यो परिर्वतनकारी कामलाई सार्थकरुप दिने काममा लेडी म्यारील एलिजाबेथ विन्डेयर र उनकी छोरी मारगरेट विन्डेयरको अग्रसरता रहेको छ । अष्ट्रेलियामा पाइने मध्ये ८० प्रतिशतभन्दा बढी प्रजातीका वनस्पति, स्तनधारी प्राणी, सरीसृप र भ्यागुताहरु अन्यत्र कही पाइदैन ।  

धेरै चिनिएका प्रजातीहरु जस्तै कोअलाभालु, कंगारु, डिन्गो, इकिड्ना, प्लेटिपस, वालाबि र वोम्ब्याट लगाएतका जीवहरु अष्ट्रेलियामा मात्रै पाइन्छन् । एउटा पुरानो भनाइ छ ‘अष्ट्रेलिया धेरै नै विषालु छ’ तर यो कुरा साँचो होइन । उदाहरणको लागि क्विन्सल्यान्डमा पाइने १२० प्रकारका सर्पहरुमध्ये ६५ प्रतिशतमात्रै विषालु छन् । त्यस्तै अष्टेलियामा पाइने सबै माकुराहरु धेरै विषालु छन् भनिन्छ तर खासमा धेरै जसो अष्टेलियन माकुराहरु पनि हानिकारक छैन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *