नेपाल मेडिकल एण्ड ल्याब एक्स पो २०१९ हुँदै

काठमाडौं । नेपालको सबैभन्दा ठूलो एक मात्र विस्तृत मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल शो’ यहि डिसेम्बर १३–१५ (मंसिर २७–२९) काठमाडौंको भृकुटिमण्डपमा हुँदैछ । यस प्रदर्शनी संगै ‘नेपाल ल्याब एक्स पो’ र ‘हेल्थकेयर सप्लाई चेन शो’ पनि आयोजित हुनेछन् । हेल्थकेयर सप्लाई चेन शो भने यसै वर्ष मात्र इ.इ.पी.सी. (इन्जिनियरिङ्ग एक्सपोर्ट प्रमोशन काउनसील) भारतको सहकार्यमा हुँदैछ । यसको विषेश प्राथमिकता अस्पतालको पूर्वाधार रहने छ । नेपाल मेडिकल र ल्याब शो एस डि प्रोमो मिडियाद्वारा गरिने छ । 

नेपालको स्वास्थ र ल्याब क्षेत्रमा योगदान गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रदर्शनी यस क्षेत्रको सबैभन्दा ठूलो व्यापार र ज्ञान आदान प्रदान गर्ने प्ल्याटफर्म भएकोले यस क्षेत्रमा आबद्ध सबैका लागि यो प्रदर्शनी महत्वपूर्ण रहने छ । यसको उद्घाटन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल तथा नेपाल सरकारका अन्य गण्यमान्य व्यक्तद्धारा गरिने छ । यस अन्तर्राष्ट्रिय प्ल्याटफर्ममा विशेषतः एनेसथेजिया, बायो–मेडिकल, इ एन टी, अर्थोपेडिक्स, सर्जिकल, मेडिकल, आई सी यू, अस्पताल फर्निचर, मेडिकल टेक्सटाइल, कन्ज्युमेबल्स, रिह्याबिलिटेशन, मेडिकल ग्यास, एक्स–रे, ल्याब इक्युपमेन्ट्, एनालाइटिकल इक्युपमेन्ट्, एजुकेशन र अन्य सेवा प्रदायकहरुको स्टल रहने छ । 

यो प्रदर्शनीमा २५० भन्दा बढि कम्पनीहरु, ८०० भन्दा बढि ब्राण्डहरु र ६,००० भन्दा बढि भिजिटरहरुको उपस्थिती हुनेछ । यसमा पन्ध्र मुलुकका अफिसरहरु, डाक्टरहरु, निति–निर्माणकर्ता, उद्योगपति तथा वैज्ञानिकहरु भेला हुनेछन् । नेपालको स्वास्थ्य क्षेत्र तथा ल्याब प्रवधिलाई द्रुत गतिदिन यस एक्सपोले सहयोग पुर्याउने छ । यसका साथसाथै नेपालका कम्पनीहरुलाई नयाँ प्रविधि भित्र्याउन र नेपालमै यस्ता उत्पादन गर्न सक्ने मौका यो एक्सपोले दिनेछ । आगन्तुकहरुले स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि हेर्न पाउनेछन्, जो विभिन्न अस्पताल, प्याथोलोजी ल्याब, अनुसन्धान केन्द«, फार्मास्यूटीकल्स, खाद्य उद्योग, विश्वविद्यालय, ल्याबहरु तथा आपुर्तिसंग सम्बन्धित रहनेछन् । 

null

एस डि प्रोमो मिडिया ल्याबोरेटरी, वैज्ञानिक, एनालाइटिक, अप्टिकल, शैक्षिक, अप्थ्याल्मोलोजी, फार्मा र मेडिकल क्षेत्रको आवश्यकता पु¥याँउदै आइरहका अग्रणी संस्था हो । भारत, पूर्वीअफ्रिका, मध्यपूर्व, दक्षिण एसिया, र दक्षिण–पूर्वी एसिया लगायतका बजारहरुमा यसको लामो अनुभव तथा विशेषज्ञता छ । यस प्रदर्शनी तथा सम्मेलनका आयोजकहरुले हेल्थकेयर र ल्याबोरेटरी उद्योगलाई बढावा मात्र नदिई नयाँ बिचार, अनुसन्धानका अवसर, खोज र सिनर्जीलाई प्रोत्साहन गर्ने अपेक्षा गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *