प्रहरी हिरासतबाटै ७ जना थुनुवा फरार, एसएसपीको नेतृत्वमा छानबिन टोली गठन

मंसिर १५, काठमाडौं । सिरहामा प्रहरी हिरासतबाट ७ जना फरार भएको घटनाको अनुसन्धान गर्न छानविन टोली गठन गरिएको छ ।   

खाना खुवाउने क्रममा शनिबार राति इलाका प्रहरी कार्यालय महेशपुर पतारको हिरासत कक्षबाट ७ जना फरार भएका थिए ।   

सोही घटनाबारे अनुसन्धान गर्न एसएसपी हरिराज वाग्लेको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको प्रदेश नम्बर २ का डीआइजी प्रद्युम्न कार्कीले जानकारी दिए । उनका अनुसार टोलीले अनुसन्धान गरेर साँझसम्म रिपोर्ट बुझाउने छ ।   

Image result for थुनुवा फरार

अहिले थुनुवाहरुको बिभिन्न जिल्ला प्रहरी कार्यालय लगायत विभिन्न प्रहरी ईकाईहरुबाट प्रहरी परिचालन गरी खोजी कार्य जारी राखिएको छ ।   

फरार हुनेमा लागुऔषध मुद्दाका प्रतिवादी १९ वर्षीय नेपाल, मोहमद रियाज मिया, ४५ वर्षीय रामआशिष यादव, २६ वर्षीय रंधिर कुमार यादव, २१ वर्षीय गणेश साह, १७ वर्षीय नविन यादव र २० वर्षीय रिशन खड्का रहेका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *