टिपरको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु
२०७६ मंसिर १७ गते

मंसिर १७, काठमाडौँ । मंगलबार मोरङमा टिपरको ठक्करबाट एक चार वर्षिय बालिकाको मृत्यु भएको छ ।
ना ८ ख ७०५३ नं. को उक्त टिपरले ठक्कर बाट मोरङको उर्लाबारी नगरपालिका वडा नं. ५ डुम्राहाकी ४ वर्षीया बालिका राधिका कुमारी मण्डलको मृत्यु भएको हो ।
हाल उनलाई ठक्कर दिने टिपर र मोरङको रतुवामाई नगरपालिका वडा नं. ५ बस्ने ३० वर्षीय चालक आशिष कठेतलाई नियन्त्रणमा लिई सकिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त टिपरले बालिकालाई डुम्राहाको भित्री सडकमा हिँडिरहेको अवस्थामा ठक्कर दिएको थियो । पक्राउ परेका चालकमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित








