बलात्कारलाई वैधानिक बनाउन र युवतीलाई ‘कण्डम’ बोकेर हिँड्न सल्लाह दिने निर्मातालाई गालीको वर्षा

मंसिर २०, भारत ।  पशु चितिकत्सकको बलात्कारपछि जलाएर हत्या गरिएको घटनाले धेरैलाई फेरि एकपटक झस्काएको छ । स्कुटरको टायर पञ्चर भएका राति ९ बजे गाडीको पखाईमा रहेकी २७ वर्षकी डाक्टर प्रियंका रेड्डीलाई बन्धक बनाएर बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको थियो ।   

उक्त हत्याकाण्डपछि विभिन्न सार्वजनिक पदमा रहेका व्यक्तिहरुले आफ्ना धारणा व्यक्त गरिरहेका छन् । सामाजिक सञ्जालमा थुप्रै आक्रोशहरु पोखिएका छन् ।   

यसैबीच, विशाखापट्टनमका फिल्म निर्माता डेनियल श्रवणले सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेखेका छन् । जसमा महिलाहरुले १०० डायल गर्नुभन्दा पर्समा कण्डम राखेर आफूमाथि हुने बलात्कारबाट बच्नुपर्ने बताएका छन् । उनले उक्त पोस्ट्मा महिलाको सुरक्षा केवल कण्डमले गर्ने बताएका छन् ।   

उनको पोस्टः   

‘बलात्कार गम्भीर कुरा होइन । तर हत्या अक्षम्य हो । बलात्कारपछि हत्या गर्न बन्द गराउनुपर्छ । बलात्कारीको सैतानी सोचको लागि समाज र महिला संगठन जिम्मेवार छन् । यदि अदालत, सरकार र कानुनले बलात्कारीलाई क्षमा दिने हो भने बलात्कारीले बलात्कारपछि हत्या गर्दैन । यस्ता क्रुर हत्याको जिम्मेवार महिला संगठन र हाम्रो समाज हो । हिंसा नगरी बलात्कार गर्नुलाई वैधानिकता दिनुपर्छ । जसले गर्दा बलात्कारी आफै सामुन्ने आउँछ र बलात्कारपछि हत्या गर्न पनि अग्रसर हुँदैन । …….. 

उनको यस्ता थुप्रै पोस्टहरु सामाजिक सञ्जालमा आएपछि धेरैले उनलाई गाली गरेका छन्  । साउथकी अभिनेत्री चिन्मयी श्रीप्रदा र अर्की अभिनेत्री कुब्रा सैतले उनको पोस्ट सेयर गर्दै लेखेका छन्, ‘डेनियल श्रवण को हुन् ? यसलाई चिकित्सकको सहायता चाहिएको छ । कसैले यसलाई थप्पड लगाएपनि हुने ताकि यसको दिमाग खुलोस् ।’ एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *