२६ शान्ति अभियानकर्मी अपहरण

  

पुस १०, काबुल । तालिवान समूहले अफगानिस्तानमा शान्तिका लागि काम गरिरहेका २६ जना शान्ति अभियानका सदस्यलाई अपहरण गरेका प्रहरी प्रवक्ताले बताएका छन् । 

अफगानिस्तानको पश्चिम क्षेत्रमा पर्ने फारा प्रान्तको बालाबुलुकमा गोप्यरूपमा बसेको उनीहरूले अधिकारकर्मीहरू चढेका छ वटा गाडीलाई बाटोमा रोकी २६ जनालाई अज्ञात स्थलतर्फ लगेको प्रान्तीय प्रहरी प्रवक्ता मोहीबुलाह मोहिभले पुष्टि गरे । 

Image result for अपहरण

तर अफगानी जनशान्ति अभियानका बसिमिल्लाह वातानदोस्तले आफ्नो समूहबाट २७ जना अपहरणमा परेको बताए । 

प्रहरीले अपहरणकारीलाई पछ्याउँदै शान्ति अभियानकर्मीको खोजी गरिरहेको बताएको छ । प्राप्त समाचारअनुसार अपहरणमा परेका ती न्यक्तिहरूले गाउँगाउँमा पुगी शान्तिका लागि स्थानीयको सहभागीतामा प्रदर्शन गर्दै हिँडेका थिए । 

फारामा सक्रिय तालिवान समूहले भने घटना सम्बन्धमा कुनै प्रतिक्रिया जनाएको छैन । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *