तेश्रो पटक म्याद थप : सिद्धबाबालाई पुनः सात दिन हिरासतमा राख्न अदालतको अनुमती

मंसिर ३०, विराटनगर । आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका ‘सिद्धबाबा’ भनिने कृष्ण गिरीलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमती दिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीलाई अदालतबाट तेश्रो पटक म्याद थप गरि उनलाई हिरसातमा राखि अनुसन्धान गर्न अदालतले अनुमती दिएको हो ।   

अनुसन्धान नसकिएको भन्दै प्रहरीले पुनः म्याद थपको लागि सरकारी वकिल कार्यालय मार्फत् म्याद मागेको थियो। अदालतले दिएको सात दिनको म्याद सकिएपछि पुनः म्याद थप गर्न उनलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएको थियो। 

गिरीलाई अदालतमा उपस्थित गराएर पुनःविराटनगरस्थित विराट नर्सिङ होमको डिलक्स क्याबिनमा नै लागिएको छ। अदालतले प्रहरीलाई अस्पतालमा नै राख्न र बयान समेत अस्पतालमा नै गराउन आदेश दिएको छ।   

null

गत कातिक ४ गते गिरीले आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको हो।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *