यूके आमनिर्वाचन २०१९ः आफ्नो पार्टीले स्पष्ट बहुमतसहित विजय हासिल गरेपछि प्रधानमन्त्री जोनसनले भने-मतदाताको विश्वासको ऋण तिर्छु

  

  

मंसिर २८, एजेन्सी । बोरिस जोनसनको नेतृत्वमा कन्जर्भेटिभ पार्टीले यूकेको आमनिर्वाचनमा ’ऐतिहासिक’ विजय प्राप्त गरेपछि उनले दिनरात काम गरेर मतदाताको विश्वासको ऋण तिर्ने बताएका छन्। 

Image result for boris johnson

एक सिटको नतिजा आउन बाँकी रहँदा जोनसनको पार्टीले आवश्यक बहुमतभन्दा ७७ सिट बढी जितिसकेको छ । लण्डनमा बोल्दै जोनसनले यस जितलाई अर्को महिना कुनै किन्तु र परन्तुविना ईयूबाट यूकेलाई अलग्याउने जनादेश बताएका छन् । 

आफ्नो आधारक्षेत्रमा पराजित भएपछि लेबर पार्टीका जेरेमी कोर्बिनले अर्को निर्वाचनमा आफूले नेतृत्व नगर्ने बताएका छन्। विजय सम्बोधनमा जोनसनले कार्यकर्ताहरूलाई ‘हामीले गर्यौँ’ भन्दै यस नतिजाले देशको लागि नयाँ बिहानी सुरु भएको बताए। 

उनले लेबर मतदाताहरूले पहिलोपटक कन्जर्भेटिभ पार्टीलाई मत हालेकोमा धन्यवाद दिँदै आफूले ‘नागरिकको सरकार’को नेतृत्व गर्ने र आफूलाई दिइएको’ पवित्र विश्वासलाई न्याय गर्ने बताए।’ 

म दिनरात मेहनतले काम गरेर तपाईँको मलाई मत हाल्ने निर्णयलाई सही प्रमाणित गर्छु र अर्को पटकलाई समर्थन पाउने प्रयास गर्छु’, उनले भने । बीबीसी   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *