बलिउड ऋतिकले आफ्नो मुटुको फोटो सेयर गर्दै लेखे भावुक मेसेज

मंसिर १७, भारत ।  बलिउड अभिनेता ऋतिक रोशनले सोमबार अबेर राती इन्स्टाग्राममा आफ्नो मुटुको फोटो सेयर गर्दै एक भावुक मेसेज लेखेका छन् । उनले लेखे, ‘मेरो मुटुको आकार । साँच्चै…हामी सबै कति कमजोर छौं । हामीले जीवनको आधा समय यत्तिकै खर्च नगरिकनै हरेक समय सबैलाई प्रेम गर्ने कोसिस गर्न सकिएको भए । हामी कति सजिलै बिर्सन्छौं कि हामी सबै एकै हौं र प्रेमका लागि बनेका छौं ।’ 

प्रशंसकले लेखेः प्रेरणादायक 

१२ घण्टाभित्र ऋतिकको यो फोटोलाई करिब ९ लाख व्यक्तिले लाइक गरेका छन् । कतिले यसमा प्रतिक्रिया पनि दिएका छन् । एकजनाले कमेन्ट बक्समा लेखेका छन्, ‘मुटु स्वस्थ देखिएको छ ।’ अर्का एक प्रशंसकले लेखे, ‘प्रेरणादायक’ । यस्तै, अर्का एकले लेखेका छन्, ‘तपाईंको सुन्दरता तपाईंभित्र र तपाईंको अनुसन्धानमा देखिन्छ । तपाईं सधैं मेरो प्रिय हुनुहुन्छ । कृष द हिरो ।’ 

कामको कुरा गर्ने हो भने सन् २०१९ मा ऋतिक दुई फिल्म ‘सुपर ३०’ र ‘वार’ मा देखिए । दुबै फिल्म बक्स अफिसमा सुपरहिट भए । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *