पत्रकारमाथि भएकाे दुव्र्यवहार घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

पुस १४, हुम्ला । नयाँ पत्रिका दैनिक र नेपाल टेलिभिजन हुम्लाका समाचारदाता नरजंग तामाङलाई गरेको दुव्र्यवहार घटनाप्रति पत्रकार महासंघ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

महासंघको कर्णाली प्रदेश समितिका अनुसार पुस ११ गते समाचार संकलन गरेर फर्कने क्रममा तामाङलाई खार्पुनाथ गाँउपालिका कार्यालय नजिक रहेको प्रभु बैंकका कर्मचारी रामजंग शाही र स्थानीय जगदिश हमालले हातपात र दुर्व्यवहार गरेका थिए । 

स्वतन्त्रता पुर्वक पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि कार्यस्थलमा हातपात तथा दुव्र्यवहार हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासंघले ठहर गरेको छ । 

महासंघ प्रेस विरोधी यस्ता कार्यको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीको माग गरी प्रेस विरोधी कार्य गर्नेलाई नियन्त्रणमा लिई कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =