पूर्व सचिव श्रेष्ठको निधन

पुष १०, काठमाडौं । पूर्व सचिव शान्तबहादुर श्रेष्ठको ५९ वर्षको उमेरमा निधन भएको छ ।   

उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो । निमोनियाका बिरामी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालको आईसियुमा उपचारकै क्रमम उनको निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।   

श्रेष्ठ २०४९ सालमा शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेका थिए । श्रेष्ठले स्वास्थ्य सचिव, स्थानीय विकास सचिव र शिक्षा सचिवको रुपमा पाँच वर्ष काम गरेका थिए।   

उनका एक छोरा र तिन छोरी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 2 =