झापामा लागूऔषधसहित एक युवती र २ युवा पक्राउ

मंसिर २०, झापा । बिहिबार साँझ झापामा लागूऔषध सहित ३ जनालाई  इलाका प्रहरी कार्यालयले पक्राउ परेको छ ।   

झापाको  बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा अनारमनीबाट गस्तीमा खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगरसहित एक युवती र दुई युवा गरी तीन जनालाई पक्राउ गरेको हो ।   

उनीहरु सवार मे १ ह २४३० नम्वरको अटोरिक्सामा चेकजाँच गर्ने क्रममा अटोरिक्सा चालक बिर्तामोड बस्ने २१ वर्षीय राजकुमार राजवंशी सहित इलाम घर भएका १९ वर्षीय समिर महत र काठमाडौं सिनामंगलकी १८ वर्षीया पुजा शंकर लाई पक्राउ परिएको प्रहरीले जनाएको छ ।   

Image result for पक्राउ

प्रहरीका अनुसार पक्राउ परेका  राजवंशीको साथबाट १२ ग्राम ब्राउनसुगर, १० पिस ट्रिडोल ट्याब्लेट, नगद ५९ हजार ६ सय रुपैयाँ र पुजाको साथबाट ७ सय मिलिग्राम ब्राउनसुगर फेला पारिएको हो ।   

हाल तीनै जनामाथी कारवाहीको लागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =