प्यूठान र अछाममा नेकपा विजयी

मंसिर १५, प्यूठान । प्यूठानको प्यूठान नगरपालिका–२ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार मुक्ति पोख्रेल विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार मोहनसिं बिष्टलाई २८४ को मतान्तरले हराउँदै पोख्रेल विजयी भएका हन् । विजयी उम्मेदवार पोख्रेलले एक हजार १२७ र प्रतिद्वन्द्वी बिष्टले ८४३ मत प्राप्त गरेका थिए ।   

त्यस्तै आछामको मेल्लेख गाउँपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रमेश खड्का विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार भएका वीरबहादुर बोहरालाई २१५ मत अन्तरले पराजित गर्दै खड्का विजयी भएका हुन् । कूल खसेको एक हजार ३५७ मतमध्ये खड्काले ७७८ मत प्राप्त गरेका थिए । उनले  प्रतिद्वन्द्वी बोहराले ५६३ मत प्राप्त गरेका थिए ।   

नेपाली कांग्रेसबाट निर्वाचित रामबहादुर बोहराको निधन भएपछि उक्त वडामा उपनिर्वाचन भएको हो । यसैबीच निर्वाचन सम्पन्न भइसकेपश्चात् शनिबार साँझ नेकपा र कांग्रेसका कार्यकर्ताबीच शनिबार साँझ झडपसमेत भएको थियो ।   

null

झडपमा नेकपा निकट अनेरास्ववियुका केन्द्रीय सदस्य गम्भीर साउद र कांग्रेसका डम्बर स्वार घाइते भएका प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eight =