भारतमा भइरहेको विरोध प्रदर्शनमा ‘स्लीपर माँड्यूल’ सक्रिय, अब के होला ?

पुस ०७, काठमाडौं । नागरिकता संशोधन कानुन विरुद्ध भारतमा भइरहेको विरोध प्रदर्शनमा आतंकका ‘स्लीपर माँड्यूल’ सक्रिय भइसकेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । ‘स्लीपर माँड्यूल’ सक्रियता भारतको राजधानी दिल्लीमा पनि भएको जनाइएको छ ।  

भारतीय सञ्चारमाध्यामका अनुसार तोडफोड, आगजनी, ढुङ्गामुढा, दंगाफसाद गर्नकै लागि इन्डियन मुजाहिदीन र कट्टरपन्थि आतंकवादीहरु पुरा तैयारीका साथ नागरिकता कानुनको विरुद्ध भइरहेको विरोध प्रदर्शनमा सामेल भएका हुन् । यो जानकारी खुफिया एजेन्सीमार्फत पाइएको थियो भने यस्को पुष्टि दिल्ली प्रहरीले गरेको हो । 

आलोचकहरूले उक्त कानुन सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)को मुस्लिम समुदायलाई सीमान्तीकृत बनाउने योजनाको एउटा अंश भएको आरोप लगाएका छन्। विपक्षीहरूका भनाइमा धार्मिक आधारमा त्यस्तो विभेद हुनुले भारतको संविधानमा उल्लेखित रुपमा धर्मनिरपेक्षताको सिद्धान्त उल्लङ्घन भएको छ। 

नागरिकता विद्येयकमा के छ ?  

२०१४ सम्ममा जो कोहि ‘हिन्दु, सिख, पारसी, क्रिश्चियन’ (मुस्लिम बाहेक) भारतमा आएर बसोवास गर्दै छन्, ती सबैलाई भारतीय नागरिकता दिने प्रावधान ल्याएको छ ।  

किन ल्यायो यस्तो विद्येयक ? 

भारतमा धेरै भन्दा धेरै हिन्दु, बौधमार्गी र सिख पाकिस्तान, अफानिस्तान र बङलादेशबाट आएका छन् । यी देशहरुमा यी धर्मका मानिसहरुमाथि धेरै अत्याचार भएको छ । जस्ले गर्दा यी धर्मालम्बीहरु डराएर भारत आएर बसेका हुन् । तर उनीहरुलाई नागरीकता मिल्दैनथ्यो ।  

१९५३ मा गरेको एक अनुसन्धानले पाकिस्तानमा त्यतीबेला २३ प्रतिशत यी धर्मका मानिसहरु थिए तर, २०११ मा भएको अनुसन्धानमा ३.५ मात्र देखायो । त्यस्तै, बङलादेशमा १९४७ मा २० प्रतिशत थियो भने अहिले ७ प्रतिशत मात्र छ ।  

त्यस्तै, अफगानिस्तानमा तालिवान आउनु अघि यी धर्मका २ लाख मानिस थिए भने, अहिले जम्मा ५०० को हाराहारीमा छन् । यो तथ्यांकले प्रष्ट हुन्छ कि, यी देशहरुमा यी धर्मका मानिसहरुलाई धेरै अत्याचार भएकै हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + one =