मर्यादित कामका लागि जिफन्ट अभियान सातै प्रदेशमा

पौष ८ बिराटनगर । नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियनको केन्द्रिय कमिटीले  प्रदेश १ मा मर्यादित कामको लागि जिफन्ट अभियान भेला तथा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ  । 

मंगलबार बिराटनगरमा प्रदेश १ का लागि यूनियनको अफिस उद्धघाटनको क्रममा नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियनका केन्द्रिय उपमहासचिव तथा प्रदेश १ का इन्चार्ज दीनेश घिमिरेले  उक्त कुराको जानकारी दिए । 

 प्रदेश १ भरीमा रहेका होटल क्यासिनोमा काम गर्ने श्रमिकहरुको अवस्था र सुरक्षा साथै श्रमिकहरुलाई संगठित गर्दै प्रशिक्षण दिने  उद्देश्यले उक्त भेलाको आयोजना गरीएको घिमिरेले बताए । 

 हालसम्म  प्रदेश १ का अधिकांश स्थान त्यस मध्ये पनि ईलाम, बिर्तामोड लगायतका स्थानहरुमा   नेपाल सरकारले तोकिएको न्यूनतम तलब भत्ता नदिएको साथै श्रम ऐन पनि कार्यन्वयन नभएको उनले बताए । 

 ग्राहकबाट लिएको १० प्रतिशत सेवा भत्ता लिए पनि  श्रमिकहरुलाई नदिएर साहु आफँैले नाफाकोरुपमा राखेको कुरा  घिमिरेले जानकारी गराए । नेपाल सरकारले श्रमिकलाई न्यूनतम तलव १३ हजार ४ सय  ५० तोकिएको भए पनि अधिकांश होटल, रेष्टुरेण्टहरुमा ७ देखि ८ हजारमा काम लगाएको पनि पाएको उनको भनाई छ । 

 संगठनको मुख्य उद्देश्य श्रम ऐन लागु गराउने साथै नेपाल सरकारले तोकेको न्यूनतम तलब  उपलब्ध गराउने र  राज्यले दिएको सुरक्षा योजनामा सुचिकृत हुने उनले बताए ।  जिफन्ट महासंघको निति अन्र्तगत केन्द्रिय कार्यक्रम  रहेको नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियनका केन्द्रिय उपाध्यक्ष कुन्दल खड्काले बताए ।   

मर्यादित कामका लागि जिफन्ट अभियान देशभरीको सातै प्रदेशमा कार्यक्रम आयोजना गर्दै आईरहेको उनले बताए । उक्त कार्यक्रम अन्तर्गत प्रदेश १ मा पनि संचालन गरेको उनको भनाई छ । श्रम गर्न भनेको दायित्व स्विकार गर्न नभएको र मजदुर भनेको दास होइन र त्यहाँ पेसाको मर्यादा हुँदा मात्र पेसा पनि दिगो रहेने उनले बताए । 

 स्वाभिमानको साथ काम गर्ने प्रत्येक श्रमिकहरुको नतिजा पनि राम्रो नै हुने भएकाले  उक्त कार्यक्रमको अभियान गरेको खड्काले बताए  । 

 मजदुरहरुका धेरै समस्या रहेको र कतिपय राष्ट्रिय समस्या रहेको जुन राज्यले सम्बोधन गर्नुपर्ने समस्याहरु छन् कतिपय निति बनिसकेको तर कार्यन्वयन नभएको अवस्थाका कारण समस्या उत्पन्न भएको बताउनुको साथै सामाजिक सुरक्षा ऐन अन्तर्गत पारिश्रमीक कोषमा सुरक्षित साथै समाधान हुन नसक्नु हालको श्रमिकहरुले भोगेका  समस्या रहेको उनले बताए ।   

कतिपय बनेको नितिहरुमा कार्यनव्यन नभएका कारण उक्त समस्याबाट मुक्त बनाउनुपर्दछ भन्ने सोचले नै मर्यादित कामका लागि जिफन्ट अभियान सातै प्रदेशमा भेला तथा प्रशिक्षण सुरु गरेको  खड्काले बताए ।   

मजवुरीको श्रम गर्दछन् श्रमिकहरु  

प्रदेश १ को  राजधानि आर्थात विराटनगरको होटल तथा रेष्टुररेण्टमा काम गर्ने श्रमिकहरुले मजबुरीमा श्रम दान गरिरहेको होटल युनियनका प्रदेश १ का अध्यक्ष अर्जुन राईले बताए । ठूला–ठूला होटेल रेष्टुरेण्टमा काम गर्ने थोरै श्रमिकहरुले मात्र भने जस्तो पारिश्रमिक पाए पनि अन्य होटलमा काम गर्ने श्रमिकहरुले ७ देखि ८ हजार पारिश्रमिकले काम गर्ने गरेको उनको भनाई छ । 

 संगठनमा रहेर आफ्नो समस्या भन्दा मालिकले कामबाट निकाल्ने भन्ने त्रासले नेपाल सरकारले तोकिएको पारिश्रमिक भन्दा कममा मजबुरीले काम गर्ने गरेको राईको भनाई छ ।  नेपाल सरकारले घोषणा गरेको  न्यूनतम तलब मजदुरले औँल्याउन सके  श्रमिकहरु मजबुरीको श्रम गर्न नपर्ने उनले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =