संसारकै धनि बिल गेट्स दम्पत्ती यस कारण हररात भाँडा माझेर सुत्छन्

मंसिर २७  । विश्वकै प्रतिष्ठित कम्पनी माइक्रोसफ्टका मालिक तथा विश्वकै धनि व्यक्ति मध्येका एक हुन् बिल गेट्स । उनको ब्यापारको बारेमा त हामीले थुपै खबरहरु सुन्दै आइरहेका छौं । तर, आज हामी उनको निजी जीवनको बारेमा चर्चा गर्दैछौं । 

मेलिन्डा गेट्स बिल गेट्सकी पत्नी हुन् । उनीहरुले बिहे गरेको पनि २५ वर्ष भइसकेको छ । यि दम्पत्ती विगत २५ वर्षदेखि हरेक राति भाँडा माझ्दै आइरहेका छन् । धेरैले सोच्छन् धनि व्यक्तिहरुको जीवनल निकै तामझामका साथ बित्छ । उनीहरुले केही काम गर्दैनन् । घरमा काम गर्नेहरु प्रशस्तै हुन्छन् । प्रशस्तै आराम मिल्छ भन्नेहरुको लागि यो जोडी यस्तो उदाहरण बनेको छ ।  

जसले आम मानिसले झै साधरण जीवन बिताएका छन् । उनीहरु प्रायः आफ्नो खाना आफै बनाउँछन् अनि सँगै भाँडा माझ्छन् ।मेलिन्डा पति पत्नीको काम बाँडफाँड गरेर गर्नुपर्ने कुरामा विश्वास गर्छिन् । यसले परिवारमा खुसी छाउने उनको भनाई छ । सन् १९८७ मा मेलिन्डा बिल गेट्सकै कम्पनी माइक्रोसफ्टमा काम गर्दा उनीहरुको भेट भएको थियो । काम गर्दा गर्दै नजिक भएका उनीहरुले सन् १९९४ मा बिहे गरेका थिए । एजेन्सी 

Image result for बिल गेट्स दम्पत्ती

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *