बिराटनगरमा १७ औ अन्तर्राष्ट्रिय दुई दिने मैथिली सम्मेलन हुँदै

मंसिर २९, विराटनगर । १७ औं अन्तर्राष्ट्रिय दुई दिने मैथिली सम्मेलन विराटनगरमा हुने भएको छ ।  मैथिली भाषा, संस्कृतिको संरक्षण तथा प्रर्वधन गर्न बिराटनगरमा  दुई दिने अन्तराष्ट्रिय सम्मलेन हुने भएको हो ।   

मैथिली एसोसिएशन नेपालको आयोजनामा पुष ६ र ७ गते विराटनरमा १७ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुन लागेको बिराटनगरमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी  दिएको हो । 

मैथिली युवा पुस्ताहरुलाई प्राचिन मैथिली सँस्कृति  तथा सँस्कृति प्रति अभिरुचि बढाउनुको साथै भ्रमण वर्ष सन २०२०लाई सफल बनाउने उद्देश्यसहित आयोजना हुन लागेको उक्त  सम्मेलनमा  मैथिली भाषा, सँस्कृति, रहन सहन,पहिरन लगायतका बिषयहरुमा व्यापक विमर्श हुने छ । 

विश्वकै प्राचिन भाषा र नेपाल देशको पहिलो पूर्णभाषाको रुपमा समेत रहेको मैथिली भाषा र युगौँ युग देखि चिरपरिचित रहेको उक्त मैथिली सँस्कृतिको समग्र स्वरुप झल्काउने मुख्य उद्देश्यले अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञ विद्धान सर्जक, स्रष्टा कलाकार र चित्रकारसँगै  संचारकर्मी लगायतका व्यक्तित्वहरुसँग छुट्टा छुट्टै विचार विमर्स हुने मैथिली एसोसिएशनका अध्यक्ष प्रविण नारायण चौधरीले बताए । 

उनले दुबै देशका मैथिली अभियन्ता संघ-संस्थाका करिब २ सय ५० प्रनिधिहरुको सहभागिता हुने जानकारी दिए । पहिलो दिन झाँकी , प्रदर्शन गर्नुको साथै मैथिली , भोजपुरी, थारु , राजवंशी,  हिन्दी , मारवाडी र नेपाली भाषाका कविद्धारा बहुभाषिक कवि सम्मेलन संगै मैथिली हाँस्य कविता, गीत–गजल र परम्परागत नारदी कीर्तनको आयोजना हुनेछ भने अर्को ‘नेपालको संविधान आ छटपटाइत मातृभाषा विषय मा विमर्श हुने अध्यक्ष चौधरीले जानकारी दिए । 

चौधरीका अनुसार सम्मेलनका दृष्टा र प्रत्येक क्षेत्रमा ख्याती कमाएका मैथिल भाषीहरुलाई सम्मान समेत गरिनेछ । सम्मेलनका मैथिली सँस्कृति झल्किने बिभिन्न प्रकारका स्टलहरु समेत राखिने छ । 

पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले उद्घाटन गर्ने सो सम्मेलनमा राष्ट्रिय पार्टीका अध्यक्ष तथा बरिष्ट नेताहरुको सहभागिता रहने आयोजकले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =