अरबाजका कारण सुपरमोडलसँग मलाइकाको क्याट फाइट

मंसिर ३०, भारत । चर्चित रियालिटी शो एमटिभी सुपर मोडल अफ द इयर यस वर्ष प्रशारण हुनका लागि तयार छ । कार्यक्रममा मलाइका अरोडा, मिलिन्द सोमन र मसाबा गुप्ता निर्णायक मण्डलमा छन् । यस्तै, सुपर मोडल उज्ज्वला राउत मेन्टरको रुपमा देखिँदैछिन् ।  

तर भारतीय मिडियालाई विश्वास गर्ने हो भने सेटमा केही ठिक चलिरहेको छैन । रिपोर्टका अनुसार मलाइका र उज्ज्वलाबीच क्याट फाइट चलिरहेको छ र झगडाको कारण मलाइकाका पूर्व–श्रीमान् अरबाज खान बताइन्छ । 

पिंकविलाको रिपोर्ट अनुसार मलाइका र उज्ज्वलाबीच केही ठिक चलिरहेको छैन । यो क्याट फाइटका कारण सेटमा यी दुईलाई भिन्न राख्नुपर्छ । खबरका अनुसार अरबाज र उज्ज्वलाको इन्स्टाग्राम फ्लर्टिङ्का कारण मलाइका त्यति खुसी छैनन् । उज्ज्वला क्रु सदस्यसँग आफू र अरबाजबीच भएको कुराकानी सेयर गर्छिन् । केही रिपोर्टका अनुसार उज्ज्वला शोमा ‘द मोस्ट टक्ड अबाउट पर्सन’ बन्न चाहन्छिन् । 

Image result for malayeka with husband, ujjawala

दुई वर्ष अघि तोडे १७ वर्षको विवाहः 

स्मरण रहोस् मलाइका र अरबाज खानले दुई वर्षअघि सन् २०१७ मा सम्बन्धविच्छेद गरेका थिए । यी दुईले आफ्नो १७ वर्षको विवाह तोडेका थिए । त्यसपछि मलाइकाको नाम नायक अर्जुन कपुरसँग जोडिन्छ । यी दुईले आफ्नो सम्बन्ध स्विकारेका पनि छन् । यस्तै अरबाज खान पनि इटालियन मोडल जर्जिया एन्ड्रियानीसँगको सम्बन्धमा छन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *