जेष्ठ नागरिक वृद्धभत्ता माग्दै उत्रिए आन्दोलत
२०७६ पुस १५ गते

पुस १५, सप्तरी । वृद्धभत्ता माग्दै सप्तरीकाे छिन्नमस्ता गाउँपालिकाका जेष्ठ नागरिकले आन्दोलतमा उत्रिएका छन् ।
सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता महिनौं बित्दा पनि नपाएपछि जेष्ठ नागरिक आन्दोलितमा उत्रिएका हुन् ।
महिनौ बित्दा पनि भत्ता नभएपछि छिन्नमस्ताका जेष्ठ नागरिकले मंगलबार गाउँपालिका कार्यालय घेराउ गरेका छन् । कार्यालय घेर्न आएका जेष्ठ नागरिकलाई प्रहरीले नियन्त्रण गर्न खोजेपछि दुई पक्षबीच झडप भएको छ । जेष्ठ नागरिक र प्रहरीबीचको झडपकारण छिन्नमस्ता गाउँपालिका तनावग्रसत बनेको छ ।

सरकारले वृद्धवृद्धा, जेष्ठ नागरिक, एकलमहिला, अपाङ्ग र र दलितलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।
२०७६ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित








