एन आई सी बैंकको Interactive Voice Response (IVR) सेवा सञ्चालनमा

 पुस ६, काठमाडौँ ।  एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप परिस्कृत र अत्याधुनिक सेवा प्रदान गर्ने उद्देश्यले IVR (Interactive Voice Response)  सेवा सञ्चालनमा ल्याएको छ ।   

यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकवर्गले नवीन अनुभवका साथै विशेष सेवा प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।   ग्राहकवर्गले IVR सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, IVR पिन परिवर्तन तथा बिभिन्न बैंकिङ्ग सेवाबारे जानकारी समेत पाउन सक्नेछन् ।  

IVR  सेवा प्रयोग गर्नका लागि ग्राहकले आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बरद्वारा IVR सेवा दर्ता गर्नुपर्ने हुन्छ । दर्ता प्रक्रिया SMSवा फोन कल दुबै माध्यमबाट गर्न  सकिनेछ।   

ग्राहकले SMS द्वारा IVR  दर्ता गर्नका लागि निम्न तरिका अपनाउनु पर्नेछ । 

 दर्ता गर्नका लागि IVR इस्पेस आफ्नो खाता नम्बर (IVRAccount Number) टाइप गरी  ३४४८८ मा पठाउनु पर्नेछ । SMS पठाएको केही समयपछि गोप्य पिन नम्बर रजिष्टर्ड मोबाइल नम्बरमा प्राप्त हुनेछ ।  

दर्ता प्रक्रिया समाप्त भएपछी IVR सेवा उपयोग गर्नका लागि ०१–५९७०१०० मा रजिष्टर्ड मोबाइल नम्बरबाट कल गर्नुपर्नेछ र आश्वयक सेवा उपयोग गर्न सकिनेछ ।  

ग्राहकले फोन कलद्वारा IVR दर्ता गर्नका लागि निम्न तरिका अपनाउनु पर्नेछ ।   

IVR सेवा प्रयोग गर्नका लागि ग्राहकले आफ्नो रजिष्टर्ड मोबाइल नम्बरबाट यस बैंकको IVR नम्बर ०१–५९७०१०० मा डायल गरिसके पछि ग्राहककाे सहयोगका लागि भ्वाइस रेस्पोन्स प्राप्त हुनेछ र सोही भ्वाइस रेस्पोन्सको निर्देशन पालना गरी आफ्नो खाताको बारेमा जानकारीका साथै अन्य सेवाहरु प्राप्त गर्न सकिनेछ  ।   

IVR सेवाको प्रयोगबाट ग्राहकले आफूलाई अनुकुल हुने समयमा आफ्नो खाताबारे जानकारी पाउन सक्नेछन् जसबाट समयको बचत हुनुका साथै सहज ढंगले आफ्नो खाताको बारेमा निरन्तर अद्यावधिक जानकारी प्राप्त गर्न सकिनेछ । यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यस सेवाबाट आम ग्राहकवर्ग धेरै लाभान्वित हुने विश्वास बैंकले लिएको छ साथै आगामी दिनहरुमा यो सेवालाई अझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउने प्रतिबद्धता पनि बैंकले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 6 =