इराकमा जारी आन्दोलनका क्रममा अहिलेसम्म ४८५ जना मारिए, २७ हजार घाइते
२०७६ पुस ५ गते

पुस ५, एजेन्सी । इराकमा गत अक्टोबरको शुरुदेखि भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म ४ सय ८५ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ । भने आन्दोलनका क्रममा २७ हजारभन्दा बढी घाइते भएका अधिकारीहरुले जनाएका छन् ।
‘ह्युम्यान राईट्स वाचडग’ले शुक्रबार दिएको जानकारीअनुसार आन्दोलनका क्रममा भएका झडप भागदौड आदीका कारण उनीहरुको मृत्यु भएको हो । इराकी मानवअधिकार सम्वन्धी स्वतन्त्र उच्च आयोगका सदस्य अलि अल बैयातीले यो विवरणको पुष्टि गरेका हुन् ।
आन्दोलनका क्रममा भएका प्रदर्शनहरुमा २ हजार ८०७ पक्राउ परेका ती मध्ये अझै पनि १ सय ७ जना हिरासतमा रहेका बैयातीले बताए । अपरिचित बन्दुकधारीहरुले आमनागरिक र आन्दोलनकारी गरी कुल ४८ जनालाई अपहरण गरेका उनले थप जानकारी दिए ।
null
२०७६ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित








