सानेपाको एक कवाडी पसलमा आगलागी, पसल जलेर खरानी

पुस १३, ललितपुर । सानेपामा राजेश पाश्वानले सञ्चालन गर्दै आइरहेको कवाडी पसलमा गएराति ८ बजे आगलागी भएको छ । 

आगलागीबाट पसलमा रहेका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएका छन् । आगलागीको कारण खुलाएको छैन ।   

आगो नियन्त्रणका लागि काठमाडौं, ललितपुर र भक्तपुरबाट दमकल बोलाइएका थिए । करिब १ घण्टापछि आगो नियन्त्रणमा आएको सानेपा प्रहरीले जनाएको छ । क्षतिको विवरण आउन बाँकी रहेकाे प्रहरी बताए । 

Image result for आगलागी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − two =