बनेपामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
२०७६ मंसिर २८ गते

मंसिर २८, बनेपा । चौकीडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको बा ९२प ५१९२ नम्बरको मोटरसाइकल काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं. ६ चौकीडाँडामा दुर्घटना हुदाँ मोटरसाइकल चालक सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं ३ का २९ वर्षीय प्रकाश दाहालको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो आफैँ अनियन्त्रित भई दुर्घटनामा परेका दाहालको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
null
२०७६ मंसिर २८ गते
प्रतिक्रिया
सम्बन्धित








