भारतको नयाँदिल्लीस्थित एक गोदाम कारखानामा आगलागी हुँदा ३२ जनाको ज्यान गयो

मंसिर २२, काठमाडौं । भारतको नयाँदिल्लीस्थित रानी झाँसी रोडको एक गोदाममा आईतबार विहान आगलागी हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । 

भारतीय मिडियाहरुले ३२ जनाको शव प्राप्त भएको र धेरैजसोको मृत्यु धुँवामा निसास्एिर भएको उल्लेख गरेका छन् । 

आइतबार बिहान करिब साढे ५ बजेतिर आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन । त्यहाँ कागज र कार्टुन उत्पादनको उद्योगसमेत रहेकाले आगो छिट्टै फैलिएको थियो । आगोका कारण नजिकका तीन घरसमेत जलेका छन् । 

null

दिल्लीको दमकल विभागका मुख्य अधिकारी अतुल गर्गका अनुसार ५० जनाभन्दा बढीको उद्धार गरिएको छ ।  आगो निभाउनका लागि ३० भन्दा बढी दमकल प्रयोग गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *