रुपन्देहीमा आफ्नै आमाबुबुको छोराले गरे हत्या

मंसिर २०, बुटवल । रुपन्देहीमा छोराले आफ्नै आमाबाबुको हत्या गरेका छन् । ओमसतिया गाउँपालिका ४ का गोरखबहादुरले घरमै बसिरहेका ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

छोराको प्रहारबाट बाबु रामनारायणको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते आमा थगनाको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।   

छोरा गोरखबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि थपअनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनको मानसिक सन्तुलन ठीक नभएको पाइएको प्रहरीले जनाएको छ ।  

Image result for hatya

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 18 =