बैंककाे रकम व्यक्तिको खातामा ट्रान्सफर गर्ने तीन पक्राउ
२०७६ मंसिर २५ गते

मंसिर २५, काठमाडौँ । प्रहरीले बैंकको रकम व्यक्तिको खातामा ट्रान्सफर गरी ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका तीन व्यक्तिहरुले बिदेशी नारिक पिटर भनेर चिनिने व्यक्तीको सहयोगबाट बैंकमा रहेको रकम व्यक्तिको खातामा ट्रान्सफर गरी ठगी गरेको खुल्न आएको छ ।
पिटरले नेपाली नागरिक प्रयोग गरी विदेशमै रहेर बैंकको खाता ह्याक गरेर त्यहाँको पैसा व्यक्तिको खातामा ट्रान्सफर गर्ने गरेको र त्यस मध्ये केही रकम खातावाला नेपालीलाई दिने र बाँकी पैसा आफूलाई नै पठाउन लगाउने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका ती व्यक्तिहरुको खाताबाट हालसम्म १७ करोड बराबरको कारोबार भएको देखिएको छ । पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ मंसिर २५ गते
प्रतिक्रिया
सम्बन्धित








