बलिउड नायक नवाजुद्दीन सिद्दीकीकी बहिनीकाे मृत्यु

मंसिर २२, भारत ।  बलिउड नायक नवाजुद्दीन सिद्दीकीकी बहिनी सायमा तमशी सिद्दीकीको निधन भएको छ । पुणे, महाराष्ट्रको एक अस्पतालमा शनिबार सबेरै करिब ३ बजे उनले अन्तिम सास फेरेकी हुन् ।  

उनी २६ वर्षकी थिइन् र पछिल्लो ८ वर्षदेखि स्तन क्यान्सरबाट आक्रान्त थिइन् । नवाजका भाइ अयाजुद्दीन सिद्दीकीले यसबारे जानकारी दिएका हुन् । अयाजुद्दीनका अनुसार नवाज अमेरिकामा थिए तर बहिनीको मृत्युको खबर पाएपछि उनी भारत फिर्ता भइरहेका छन् । 

नवाजुद्दीनका भाइ फैजुद्दीन सिद्दीकीले सायमाको शव लिएर आफ्नो पैतृक गाउँ बुढाना (उत्तर प्रदेश) लिएर गएका हुन् । त्यहाँ उनका अन्य भाइ अयाजुद्दीन, माजुद्दीन र मिनहाजुद्दीन छन् ।  

Image result for नवाजुद्दीन सिद्दीकी

नवाजबाहेक उनका दुई भाइ निर्देशक शमास नवाब सिद्दीकी र वकिल हाजी अलमाजुद्दीन सिद्दीकी पनि शनिबार बेलुकीसम्म बुढाना पुगेका छन् । आइबार बिहान सायमाको अन्तिम संस्कार गरिएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *