धनकुटामा ट्रकसँग टेम्पु ठोक्किँयोः दुईको घटनास्थलमै मृत्यु

मंसिर २९, धनकुटा । आईतबार दिउँसो धनकुटामा ट्रक र टेम्पु एक आपसमा ठोक्किँदा दुई जनाको घटनास्थल मै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आज दिउँसो १२ बजे धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ फलैचामा हिलेबाट जोरपाटीतर्फ जादै गरेको को.२ ह.६६११ नम्बरको टेम्पु र विपरीत दिशाबाट आइरहेको को.१ ख ६९१२ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा उक्त दुर्घटना हुन पुगेको हो ।
यस दुर्घटनामा टेम्पु चालक धनकुटा–२ का २५ वर्षीय दशरथ पाख्रिन र टेम्पुमा सवार तेह्रथुम छथर गाउँपालिका–१ का ४२ वर्षीय साङ्गे शेर्पाको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी घाइते हुनेमा टेम्पुमा यात्रा गरी रहेका छथर जोरपाटी गाउँपालिका–५ का २२ वर्षीय रविन घिमिरे र तेह्रथुमको लालिगुराँस नगरपालिका–५ का २५ वर्षीय प्रदीप बस्नेत रहेका छन् ।

हाल उनीहरुलाई उपचारको लागि धनकुटा जिल्ला अस्पताल लगिएको प्रहरीले जानकारी दिएका छन् । ट्रक र ट्रक चालक संखुवासभा मादीमुलखर्क–५ का ३९ वर्षीय ज्ञानबहादुर गुरुङलाई नियन्त्रणमा लिई कारवाहीको लागि अनुसन्धान गरिरहेको प्रहरीले जनाएका छन् ।








