सिद्धबाबा प्रकरण : अनुयायीहरु भजन गाउँदै धर्नामा, अदालत बाहिर निषेधाज्ञा

पुष १३ सुनसरी । आफ्नै अनुयायीलाई जबरजस्ती गरेको आरेपमा पक्राउ परेका ‘सिद्धबाबा’ भनिने कृष्ण बहादुर गिरीमाथिको थुनछेक बहस आईतबार सुरु भएको छ । थुनछेक बहसका क्रममा  हुलहुज्जत हुने भएपछी अदालत बाहिर निषेधाज्ञा जारी गरिएकाे छ । 

शुक्रबार अदालती बयान सकिएको र आज गिरीको थुनछेक सुरु हुन लाग्दा निषेधाज्ञा जारी गरिएको हो । शुक्रबार अदालतले बयान लिने क्रममा देखिएको धर्ना कार्यक्रम आज पनि अदालतमा देखिएको छ ।   

सिद्धबाबाको थुनछेक बहस हुने भएपछि अहिले अदालत बाहिर उनका पक्षका मानिसहरु झजन गाउँदै धर्नामा बसेका छन् ।   

null

रातो, पहेलो झन्डा सहित आएका समर्थकहरु अदालत बाहिर हनुमान चालिसा र हरेराम भजन गाउदै दबाब दिइरहेका छन् । प्रहरीले कृष्ण बहादुर गिरीलाई एघार बजे एम्बुलेन्सबाट अदालतमा हाजिर गराएको छ । गिरीलाई बिराट नर्सिङ होमबाट एम्बुलेन्समा अदालत ल्याएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =