पश्चिमी वायु सक्रिय हुँदै, बिहीबारबाट जाडो झनै बढ्ने

मंसिर २४, काठमाडौं । पश्चिमी वायु बुधबार साँझ नेपाल प्रबेश गरेसंगै आउँदो बिहीबारदेखि देशभरि चिसो झनै बढ्ने भएको छ।  पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायु बुधबार साँझ नेपाल प्रवेश गरेसँगै तापक्रम घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मंगलबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस छ भने जुम्लामा माइनस ३ ३ डिग्री सेल्सियसमा पुगेको छ। 

पश्चिमी वायु नेपाल प्रबेश गरेसंगै नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू(भागमा भारी हिमपात हुने सम्भावना रहेको महाशाखाका मौसमविद् वरूण पौडेलेले जनाकारी दिए । उनका अनुसर बिहीबारदेखि काठमाडौंमा फाटफुमात्रै घाम लाग्ने ।   

null

देशका पश्चिमी भूभागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू(भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको पौडेले बताए ।   

यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने महाशाखाले जनाएको छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 2 =