चर्काचर्कीबीच राजनीतिक प्रतिवेदन पारित

पुस ०७, काठमाडौं । एक साता चलेको नेकपा स्थायी कमिटी बैठक चर्काचर्कीबीच आइतबार सकिएको छ।   

अन्तिम दिन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको संयुक्त राजीतिक प्रतिवेदन पारित गर्ने क्रममा कडै भनाभन चल्यो। त्यसअघि झन्डै पूरै बैठक अवधि अमेरिकी सहयोगको परियोजना मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) अनुमोदनबारे झगडामा केन्द्रित रह्यो।   

एमसीसीबारे निर्णय भने अब सचिवालयले गर्ने भएको छ। राजनीतिक प्रतिवेदन पारित गर्न प्रस्ताव गर्ने बेला महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य भीम रावलबीच चर्काचर्की परेको थियो। अध्यक्ष दाहालले प्रतिवेदन सुझाव समेटेर परिमार्जन गर्ने भन्दै पारित गर्न प्रस्ताव गरेका थिए। 

राजनीतिक प्रतिवेदनमा चर्काचर्की, तर पारित

‘हामी विशिष्ट परिस्थितिबाट गुज्रिरहेका छौं। यसमा कुनै बनिबनाउ बाटो छैन। त्यही आधारमा यो प्रतिवेदन तयार भएको हो’, उनले प्रतिवेदन पारित गर्न आग्रह गर्दै प्रस्ताव राखेका थिए, ‘तपाईंहरूका कतिपय सुझाव राम्रा छन्, ती सुझावसहित परिमार्जन गर्ने गरी प्रतिवेदन पारित गर्न म प्रस्ताव गर्छु।’ 

प्रतिवेदन पारित पनि भयो। त्यसपछि उठेर बोल्न थाले स्थायी समिति सदस्य रावल। ‘यसमा मेरो फरक मत छ। प्रतिवेदनमा एमसीसीबारे प्रस्टता छैन। पार्टीको विधि र विधानका विषयमा प्रस्टता हुनुपर्‍यो’, उनले भने, ‘पार्टीको यो प्रतिवेदनमा मेरो फरक मत छ।’ यो समाचार अन्नपूर्ण पोष्टले छापेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twenty =